ब्राजिलियन स्टार नेयमार जुनियरले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छोडेर साउदी प्रो लिग क्लब अल–हिलालसँग दुई वर्षको सम्झौताका लागि नजिक पुगेका छन् ।
ईएसपीएनका अनुसार बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका नेयमार साउदी अरेबियासँगको सम्झौताका लागि केही व्यक्तिगत सहमत हुन मात्र बाँकी छ ।
सन् २०१७ मा विश्व कीर्तिमान मूल्य २२२ मिलियन यूरोमा फ्रान्सेली क्लब पीएजीसँग जोडिएका नेयमारको पीएसजीसँगको अन्तिम खेल लोरिएन्टविरुद्ध हुने भएको छ ।
ईएसपीएनका अनुसार साउदी क्लब अल–हिलालले ३१ वर्षीय नेयमारका लागि करिब ८० मिलियन युरोको अफर गरेको छ । ६ वर्षअघि बार्सिलोनाबाट पीएसजी आएका नेयमारले पीएसजीलाई युरोपियन च्याम्पियन्स लिगबाहेक सबै ट्रफी जिताएका छन् । पीएसजीका लागि नेमारले १७३ खेलमा ११८ गोल र ७७ असिस्ट गरेका छन्।
पीएसजीमा रहँदा नेयमारले पाँच लिग वान कप र तीन कोप डे फ्रान्स कप जिताएका छन् । यसै सिजन अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पनि पीएसजीलाई छाड्दै अमेरिकी क्लब इन्टर मायामी रोजेका थिए ।
यसैगरी अर्का फ्रेन्च स्टार केलियन एमबाप्पे पनि दीर्घकालीन भविष्यका लागि रियल मड्रिड जाने सम्भावना प्रबल देखिएको छ ।
साउदी क्लब अल–हिलालले यसअघि नै रुबेन नेभेस र कालिडो कोउलिबालीलाई अनुबन्ध गरिसकेको छ । तर यदि क्लबले नेयमारलाई क्लबमा भित्राउन सफल भएमा निःसन्देह नेयमार क्लबका लागि सबैभन्दा ठूलो अनुबन्धित खेलाडी हुनेछन्।































प्रतिक्रिया