सेभियालाई हराउँदै सिटी च्याम्पियन

सेभियालाई हराउँदै सिटी च्याम्पियन


इंग्लिस क्लब म्यानचेस्टर सिटी स्पेनिस क्लब सेभियालाई पराजित गर्दै युइएफए सुपर कप च्याम्पियन बनेको छ।

ग्रीसको एथेन्समा बुधबार राति भएको खेलमा टाइब्रेकरमा स्पेनिस क्लब सेभियालाई ५-४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो। निर्धारित समयमा १-१ गोलको बराबरी भएको थियो।

निर्धारित समयको खेल बराबरीमा टुंगिए पछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा सिटीका एर्लिङ  हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गर्न सफल भए।

सेभियाका नेमान्जा गुडेल्जले अन्तिम प्रहारमा गोल गर्न सकेनन्। लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गर्न सफल भए। त्यसअघि युसुफ एन न्यास्रीको गोलबाट सेभियाले खेलको २५औँ मिनेटमा अग्रता लिन सफल भएको थियो। 

युइएफए सुपर कप युइएफए च्याम्पियन्स लिग विजेता र युइएफए युरोपा लिग च्याम्पियनबीच हरेक वर्ष हुने गर्दछ। सिटी च्याम्पियन्स लिगको तथा सेभिया युरोपा लिगको च्याम्पियन हो। 

Logo