मेस्सीको कप्तानीमा इन्टर मायमीले पहिलो पटक जित्यो लिग्स कपको उपाधि

मेस्सीको कप्तानीमा इन्टर मायमीले पहिलो पटक जित्यो लिग्स कपको उपाधि

केन्द्रबिन्दु
0
Shares

अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमीले लिग्स कप २०२३ को उपाधि जितेको छ।

शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको हो। निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।

टाइब्रेकरमा नाशभिलका लागि रान्दाल लिएलले गरेको दोस्रो प्रहार गोलरक्षक ट्रेन्ट क्यालेन्डले बचाएका थिए । यता मायमीका भिक्टर उजोआले गरेको पाँचौ प्रहार नाशभिलका गोलरक्षक एलिएट पानिचोले बचाउँदा खेलको निर्णय सडन डेथमा लिनुपरेको थियो।

त्यसपछि पनि अन्य सबै खेलाडीले लगातार गोल गरेपछि ११ औं प्रहारमा दुवै टोलीका गोलरक्षकले पेनाल्टी प्रहार गरेका थिए । मायमीका क्यालेन्डरले गोल गर्दा पानिचोको प्रहार विपक्षी गोलरक्षकले बताए ।

त्यसअघि निर्धारित समयको अन्तिम प्रहारमा मायमी उपाधि जित्नबाट चुकेको थियो । जोसे काम्पनाले खाली पोस्टमा गरेको प्रहार पोस्टमा लागेर बाहिरीएपछि खेल टाइब्रेकरमा लम्बिएको थियो।

खेलको २३ औँ मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै मायमीलाई उपाधितर्फ लम्काएका थिए । तर नाशभिलका लागि ५७ औं मिनेटमा फाफा पिकाल्टले बराबरी गोल फर्काए ।

सन् २०२० मा स्थापित इन्टर मायमीको यो क्लब इतिहासकै पहिलो उपाधि हो । अमेरिकी लिग मेजर लिग सकर (एमएलएस) मा संघर्ष गरिरहेको टोलीले लिग्स कपमा भने मेस्सीको आगमनपछि सानदार प्रदर्शन गर्यो । टोलीले अपराजित रहेर उपाधि जित्दा कप्तान मेस्सीले हरेक खेलमा गोल गरेका थिए ।

Skip This
Skip This
Logo