ओडिआई खेलमा पाकिस्तानको सहज जित

ओडिआई खेलमा पाकिस्तानको सहज जित


पाकिस्तानले पहिलो ओडिआई खेलमा अफगानिस्तानलाई सहज रुपमा हराएको छ। मंगलबार महिन्दा राजपक्ष इन्टरनेशल रंगाशालामा अफगानिस्तानलाई ५९ रनमा अलआउट गर्दै पाकिस्तानले १ सय ४२ रनको सानदार जित हात पारेको छ। 

जितसँगै पाकिस्तानले तीन ओडिआई खेलको सिरिजमा १-० को अग्रता लिएको छ। पाकिस्तानले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९ दशमलब २ ओभरमा ५९ रनमा अलआउट भयो। 

अफगानिस्तानका रहमानउल्लाह गुर्वाजले १८ तथा अजमतुल्लाह उमरजाईले १६ रन बनाए। अन्य कुनैपनि अफगानिस्तानका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।पाकिस्तानका लागि हरिस रउफले ६ दशमलब २ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ५ विकेट लिए। शाहिन शाह अफ्रिदीले २ तथा शादाब खान र नसिम शाहले समान १/१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ४७ दशमलब १ ओभरमा २ सय १ रनमा अलआउट भएको थियो। पाकिस्तानका लागि ओपनर इमाम उल हकले ९४ बलमा २ चौकासहित ६१ रनको अर्धशतकीय ईनिङ खेले। 

शादब खान ३९ तथा इफ्तिखर अहमद ३० रनमा आउट भए। अफगानिस्तानका लागि ३ तथा मोहम्मद नाबी र राशिद खानले समान २/२ विकेट लिए। रहमत शाह र फैजल हक फारुकीले समान १/१ विकेट लिए। दुई देशबीचको दोस्रो खेल बिहीबार हुनेछ।

Logo