सावित्राको टोली एथेना कपको फाइनलबाट बन्चित

सावित्राको टोली एथेना कपको फाइनलबाट बन्चित

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब इजरायलको एथेना कपको फाइनल पुग्नबाट बन्चित भएको छ। बिहीबार राति भएको खेलमा लिग च्याम्पियन किर्यात गातसँग पराजित भएपछि रानानाको यात्रा सेमिफाइनलमा रोकिएको हो। 

युरोपेली च्याम्पियन्स लिगको छनोट खेल्ने तयारीमा रहेको किर्यात गातले ३-० को जित निकाल्दै फाइनलको स्थान सुरक्षित गरेको छ। पछिल्ला खेलमा फराकिलो हार बेहोरेको रानानाले लिग च्याम्पियनविरुद्ध भने राम्रो प्रदर्शन गर्याे। नेपाली फरवार्ड साम्बाले बलियो प्रतिद्वन्द्वीविरुद्ध केही अवसर पाएपनि विपक्षी गोलरक्षक बाधक बन्दा गोल गर्न सकिनन्। 

Skip This
Skip This
Logo