केएल राहुलले नेपालसँगको खेल गुमाउने

केएल राहुलले नेपालसँगको खेल गुमाउने


भारतीय क्रिकेटर केएल राहुलले आगामी सोमबार हुने नेपालसँगको खेल गुमाउने भएका छन् । 

भारतीय क्रिकेट नियन्त्रण बोर्डका अनुसार राहुल पाकिस्तान र नेपालविरुद्ध हुने खेलहरु खेल्न नसक्ने भएका हुन् । केएल सुपर फोरको खेलका लागि मात्र टोलीमा उपलब्ध हुनेछन् । राहुलको स्वास्थ्यमा सुधार भइरहेको बताइएकाे छ । 

एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । एकदिवसीय फर्म्याटमा हुने एसिया कपमा नेपाल समूह ‘ए’ मा छ, जुन  समूहमा नेपालले विश्वका बलिया राष्ट्र पाकिस्तान र भारतसँग भिड्नेछ।  

नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग खेल्ने हुनेछ । 

Logo