नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बन्द

नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्न जनकपुरमा २ बजेपछि विद्यालय बन्द


एसिया कप क्रिकेट हेर्नका लागि धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालय बिदा दिएको छ। 

एसिया कप क्रिकेटको उद्घाटन खेलमा आज नेपाल र पाकिस्तान भिड्दैछन्। मुल्तान स्टेडियममा नेपालले विश्व क्रिकेटको नम्बर एक टिम पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेवाट मा सुरु हुनेछ । 

यसैबीच उपमहानगरपालिकाले खेल हेर्नका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई २ बजेपछि बिदा दिएको हो । नेपाली खेलाडीको हौसला बढाउन र विद्यार्थीहरुमा खेलप्रति ऊर्जावान भावना जागृत गराउन विद्यालय बिदा दिइएको बताइएको छ ।

371143170_608971484728499_6945828988191967525_n-1693381505.jpg

Logo