पाकिस्तानविरुद्ध नेपालले टस हार्‍याे

पाकिस्तानविरुद्ध नेपालले टस हार्‍याे

केन्द्रबिन्दु
0
Shares

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालविरुद्ध पाकिस्तानले पहिला ब्याटिङ गर्ने भएको छ । मुल्तान क्रिकेट मैदानमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेको हो । 

नेपालले पाकिस्तानसँग खेल्दै एसिया कपमा डेब्यु गर्न लागेको हो । नेपालले पाकिस्तानसँग खेल्न लागेको यो पहिलो पटक हो। पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा सनसनीपूर्ण प्रर्दशन गरिरहेको नेपालले विश्व क्रिकेटको नम्बर एक टिमसँग खेल्न लागेको हो। 

समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

नेपालको प्लेईङ–११ 
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेट), आरिफ शेख,  कुशल मल्ल,  दीपेन्द्र सिंह ऐरी,  गुल्सन झा,  सोमपाल कामी,  करण केसी,  सन्दीप लामिछाने, ललित राजवंशी ।

पाकिस्तानको प्लेईङ–११
बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह ।

Logo