बाबर र इफ्तिकरको शतकमा पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य

बाबर र इफ्तिकरको शतकमा पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

कप्तान बाबर अजाम र इफ्तिकर अहमदको शतकमा पाकिस्तानले एसिया कप २०२३ अन्तर्गत उद्घाटन खेलमा नेपाललाई  विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

मुल्तान रङ्गशालामा टस जितेर पाकिस्तानले पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३४२ रन बनाएको हो । पाकिस्तानका लागि कप्तान बाबर अजामले १५१ रनको शतकीय इनिङ खेले । १३१ बलको सामना गरेका उनले १० वटा चौका र ४ छक्का प्रहार गरे । उनलाई सोमपाल कामीले आउट गराएका हुन् । 

त्यस्तै, इफ्तिकर अहमदले पनि उत्कृष्ट शतकीय इनिङ खेले । उनले बलमा चौका र ३ छक्कासहित रन जोडे । २७ ओभरमा ४ विकेट गुमाउँदै १२४ रनमा रोकिएको पाकिस्तानका लागि बाबर र इफ्तिकरको जोडी जम्न सफल भयो । नेपालका बलरको कमजोरी नियाल्दै उनीहरुले भरपूर फइदा उठाउन सफल भए । 

May be an image of 1 person and text that says 'KFC peps PAKISTAN W EN Hett Hettich K पसन्द कमला पस'

त्यसअघि पहिलो पावर प्लेमा नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भएको थियो । नेपालका लागि पहिलो विकेट करण केसीले लिए । उनले छैटौँ ओभरको तेस्रो बलमा फखर जमानको विकेट लिएका थिए । त्यतिबेला पाकिस्तानको कूल स्कोर मात्र २१ रन थियो । जमानले २० बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए । 

पाकिस्तानले लगत्तै इमाम उल हकका रूपमा दोस्रो विकेट गुमाएको थियो । सातौँ ओभरमा सोमपाल कामीले बलिङ गरिरहेका बेला उनलाई कप्तान रोहितकुमार पौडेलले रनआउट गरे । हकले १४ बल खेल्दै एक चौका हिर्काएर मात्र पाँच रन बनाए । 

त्यसपछि पाकिस्तानले २३ दशमलव चार ओभरमा मोहमद रिजवानलाई तेस्रो विकेटको रूपमा गुमाएको थियो । रिजवानले ५० बलमा छ चौकाको मद्दतमा ४४ रन बनाए । उनलाई सन्दीप लामिछानेको बलमा दिपेन्द्रसिंह ऐरीले रन आउट गराएका हुन् । पाकिस्तानले २८औँ ओभरको पाँचौँ बलमा आगा सलमानका रूपमा चौथो विकेट गुमायो । उनलाई सन्दीप लामिछानेले कुशल भुर्तेलद्वारा क्याच आउट गराएका थिए । 

बलिङमा सोमपाल कामीले २ विकेट लिए भने सन्दीप लामिछाने र करण केसीले एकएक विकेट लिए । 

Logo