आइसिसी महिला टि२० विश्वकपमा नेपालले आज भुटानसँग खेल्दै

आइसिसी महिला टि२० विश्वकपमा नेपालले आज भुटानसँग खेल्दै

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा आज भुटानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ७: १५ मा सुरु हुनेछ। नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल लगभग पक्कापक्की जस्तै बनाउन चाहन्छ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले बहराइनलाई ३१ रनमा अल आउट गर्दा २.५ ओभरमै पूरा गरेको थियो।

तुलनात्मक रुपमा कमजोर भुटानविरुद्ध नेपालले बेन्चमा भएका रुवि पोदार, ईश्वरी विष्ट र विन्दु रावललाई खेल्ने अवसर दिनसक्छ।टोलीमा परिवर्तनको सम्भावना छैन। तर बेन्चमा भएका खेलाडीलाई मौका भने दिनसक्ने सम्भावना रहन्छ।

भुटान पहिलो खेलमा युएईसँग ९ विकेटले पराजित भएको थियो। बहराइनलाई ८ विकेटले हराएको थियो। भुटानकी कप्तान देखेन वांग्मो, कर्मा देम्बा र अन्जु गुरुङ प्रमुख खेलाडी हुन्।

तीव्र गतिकी बलर अन्जु भुटानकी प्रमुख हतियार हुन्। विदेशी लिग समेत खेल्दै आएकी भुटानी अन्जु नेपाली ब्याटरलाई निराश बनाउन सक्छिन्। नेपाल र भुटानबीच दुई खेल भएको छ। दुबै खेलमा नेपालले सहज जित हात पारेको छ।

नेपालले मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ। समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन्। शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन्। 

Logo