प्रिमियर लिग फुटबलमा आर्सनलले युनाईटेडलाई हरायो

प्रिमियर लिग फुटबलमा आर्सनलले युनाईटेडलाई हरायो

केन्द्रबिन्दु
0
Shares

प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई हराएको छ। आईतबार राति घरेलु मैदानमा आर्सनलले युनाईटेडलाई ३-१ गोल अन्तरले हराएको हो। 

खेलको २७ औँ मिनेटमा मार्कोस रासफोर्डको गोलबाट युनाईटेडले सुरुआती अग्रता लिएको थियो। लगत्तै कप्तान मार्टिन ओडेगार्डको गोलमा आर्सनल खेलमा फर्किएको थियो। दोस्रो हाफको इन्जुरी समयमा दुई गोल थप्दै आर्सनलले शानदार जित आत्मसाथ गर्यो। 

इन्जुरी समयको छैटौं मिनेटमा डेक्लान राइसले गोल गर्दै आर्सनललाई २-१ को अवस्थामा ल्याएका थिए। इन्जुरी समयको ११ औँ मिनेटमा ग्याब्रियल जिससले आर्सनललाई ३–१ को जित दिलाए। 

पाँचौं स्थानको आर्सनलले ४ खेलबाट १० अंक जोडेको छ। युनाईटेड ६ अंक सहित तालिकाको ११ औँ स्थानमा छ।अर्को खेलमा लिभरपुलले एन्टन भिल्लालाई ३-० गोल अन्तरले हरायो। 

खेलको तेस्रो मिनेटमै डोमिनिक स्लोबोस्जलाईको गोलबाट घरेलु टोली लिभरपुलले खेलमा अग्रता लिएको थियो। २२ औँ मिनेटमा मेटी केसको आत्मघाति गोलबाट लिभरपुलले अग्रता दोब्बर बनायो। ५५ औँ मिनेटमा मोहमद सालाहले गोल गर्दै लिभरपुललाई ३-० को शानदार जित दिलाए। तेस्रो स्थानको लिभरपुलले ४ खेलबाट १० अंक जोडेको छ। एस्टन भिल्ला ६ अंक सहित तालिकाको दशौं स्थानमा छ।

Skip This
Skip This
Logo