९ जेठ २०७९ सोमबार
1
1
1
1

सीएसआईटी कप टी– २० क्रिकेट : प्राइम र लरेन्स सफल

1
1
1
1
1
1

काठमाडौं ।

प्राइम कलेज र सेन्ट लरेन्स कलेजले आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगितामा आइतबार सफलता पाएका छन् ।

मुलपानी क्रिकेट मैदानमा प्राइमले नेपालयलाई ७ विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको नेपालयले ११.३ ओभरमा अलआउट हुनुअघि ६२ रनको योगफल खडा गरेको थियो । प्राइमले ११ ओभरमा ३ विकेट क्षतिमा लक्ष्य भेटायो । ४ विकेट लिएका प्राइमका अभिनन्दन खतिवडा ‘म्यान अफ द म्याच’ घोषित भए ।

न्यु समिट कलेजद्वारा आयोजित प्रतियोगितामा सेन्ट लरेन्सले हिमालयन कलेज अफ इन्जिनियरिङलाई ७९ रनको फराकिलो अन्तरले हरायो । सेन्ट लरेन्सले पूरै २० ओभर खेल्दै १ सय ७४ रन बनाएको थियो । हिमालयन ९५ रन बनाउदै अलआउट भयो । विजेताका किशोर गहतराज ‘म्यान अफ द म्याच’ चुनिए । उनले ४ विकेट हात पारे ।

प्रकाशित: १९ फागुन २०७६ ०७:४० सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी