सोमबार नेपालले मैत्रीपूर्ण फुटबल म्यानमारसँग खेल्ने

सोमबार नेपालले मैत्रीपूर्ण फुटबल म्यानमारसँग खेल्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल र म्यानमारबीच फुटबल प्रतिस्पर्धा हुँदैछ। विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो। 

सो प्रतिस्पर्धा थुवुना रंगशाला, याङगुनमा हुँदैछ। सो खेल नेपाली समय अनुसार ४ः१५ बजेबाट सुरु हुनेछ। गत शुक्रबार भएको पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको थियो। उक्त खेलमा अधिकांश समय म्यानमारले पाहुना टिमलाई दबाबमा राखेको थियो। 

फिफा वरीयतामा नेपाल १ सय ७५ औँ स्थानमा रहेको छ भने म्यानमार १ सय ६० औँ स्थानमा छ। पछिल्लो वरीयतामा एसियाका शीर्ष २६ स्थानमा पर्न असफल भएपछि नेपाल र म्यानमार विश्वकप छनोटको पहिलो चरणमै मैदानमा ओर्लनुपर्ने स्थिति आएको हो। 

यसपछि म्यानमारले छनोटमा मकाउविरुद्ध खेल्दैछ भने नेपालले लाओसविरुद्ध प्रतिस्पर्धा गर्नेछ। छनोटका प्रतिस्पर्धा होम एन्ड अवेका आधारमा आउने अक्टोबरमा सञ्चालन हुनेछ।

Skip This
Skip This
Logo