एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा भारतले पाकिस्तानमाथि २२८ रनको सहज जित निकालेको छ। सोमाबार भएको खेलमा भारतले पाकिस्तानलाई सहजै हराएको हो।
कोलम्बोमा भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाएर मात्र १२८ रन बनाएको हो।पाकिस्तानका लागि फकर जमानले सर्वाधिक २७ रनको योगदान गरे। त्यस्तै सलमान अलि र यफ्तकर अहमेदले समान २३-२३ रन बनाए।
पाकिस्तानका कप्तान बाबर आजमले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। भारतका लागि कुलदीप यादवले सर्वाधिक पाँच विकेट लिए। त्यस्तै जस्प्रीत भुम्राह, हार्दीक पाड्या र सार्दुल ठाकुरले एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायो।आईतबार भारतले २४ दशमलब १ ओभरमा १ सय ४७ रन बनाउँदा निरन्तरको वर्षाका कारण खेल स्थगित भएको थियो। आईतबार स्थगित खेल साेमबार भएको थियो। भारतका लागि केएल र विराट कोहलीले अविजित शतकीय ईनिङ खेले।
तेस्रो विकेटका लागि राहुल र विराटले १ सय ९४ बलमा अविजित २ सय ३३ रनको साझेदारी गरेका थिए। कोहलीले यसै खेलमा आफ्नो १३ हजार रन समेत पूरा गरेका थिए ।राहुलले १ सय ६ बलमा १२ चौका र २ छक्काको सहयोगमा अविजित १ सय ११ रनको ईनिङ खेले । कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा अविजित १ सय २२ रनको ईनिङ खेले।
शुभमन गिल, रोहित शर्माले अर्धशतक बनाएका थिए। पहिलो विकेटका लागि रोहित र गिलले १ सय बलमा १ सय २१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।गिलले ५२ बलमा १० चौकाको सहयोगमा ५८ रन बनाए। कप्तान शर्माले ४९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाए।पाकिस्तानका लागि सादाब खान र शाहिन शाह अफ्रिदीले समान १-१ विकेट लिए।
जितसँगै दुई अंक जोडेको भारत सुपर फोरको शीर्ष स्थानमा उक्लिएको छ। सुपर फोरमा भारतको यो पहिलो खेल हो। दुई खेलबाट दुई अंक जोडेको पाकिस्तान भने तालिकाको तेस्रो स्थानमा छ।































प्रतिक्रिया