एसिसी एसिया कपः पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एसिसी एसिया कपः पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

केन्द्रबिन्दु
0
Shares

साबिकको विजेता श्रीलंकाले एसिसी एसिया कप क्रिकेटको सुपर फोरको आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको छ।

श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा श्रीलंका डकवर्थ लुईस पद्दती अनुसार २ विकेटले विजयी भएको हो। 

पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्यो। श्रीलंकाका लागि कुसल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ९१ रन बनाए। सदिरा समराविक्रमाले ५१ बलमा ४ चौकाको सहयोगमा ४८ रन बनाए। 

मेन्डिस र सदिराले तेस्रो विकेटका लागि ९८ बलमा १ सय रनको महत्वपुर्ण साझेदारी गरेका थिए। चरिथ असलंका ४७ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ४९ रनमा अविजित रहे। अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई ८ रन चाहिँएको थियो।

डेब्यु खेल खेलिरहेका जमान खान बलिङमा आए। खानले सुरुआती चार बलमा दुई रन मात्रै दिएर पाकिस्तानको जितको आधार बनाउँदै थिए।  

त्यसपछिको दुई बलमा जितको लागि ६ रन चाहिँएको थियो। चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्याए।

पाकिस्तानका लागि ईफ्तिखार अहमदले ३ तथा शाहिन शाह अफ्रिदीले २ विकेट लिए। शादब खानले १ विकेट आफ्नो नाममा गरे ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको हो। 

मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ८६ रन बनाए। शफिकले ६९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए।साबिकको विजेता श्रीलंकाले आइतबार भारतसॅंग उपाधीको लागि खेल्नेछ।

Skip This
Skip This
Logo