गल्फ क्रिकेट टी-२० च्याम्पियनसिपमा यूएई विजयी

गल्फ क्रिकेट टी-२० च्याम्पियनसिपमा यूएई विजयी

केन्द्रबिन्दु
0
Shares

यूएईले गल्फ क्रिकेट टी-२० च्याम्पियनसिपमा विजयी हासिल गरेको छ। कतारमा जारी प्रतियोगितामा यूएईले ओमानलाई २२ रनले पराजित गरेको हो। 

शनिबार राति दोहामा भएको खेलमा १९२ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। 

ओमानका कप्तान अकिब इलियासले सर्वाधिक ९० रन बनाए पनि यूएई विरुद्ध जित हासिल गर्न सकेन। प्रतियोगितामा कतार, कुवेत, साउदी अरेबिया, बहराइन, ओमान र यूएई सहभागी छन्।

Logo