१९औँ एसियाली खेलकुदः टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो

१९औँ एसियाली खेलकुदः टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो

केन्द्रबिन्दु
0
Shares

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत  टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ। नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो। 

शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समुह चरणको खेलमा समुह एफ मा रहेको महिला टोली भारतसित ३-० ले पराजित भएको थियो। महिलातर्फ नेपालकी सिक्क सुवाल भारतीय खेलाडी दिया पराग चितालेसित ११-१, ११-६ तथा ११-८ अंकले पराजित भइन्।

यस्तै नविता श्रेष्ठ भारतकी यहिका मुखर्जीसित ११-३, ११-७ तथा ११-२ अंकले पराजित भइन्। यस्तै इभान थापा मगर भारतीय खेलाडी सुतिर्था मुखर्जीसित ११-१, ११-५ तथा ११-२ अंकले पराजित भइन्। 

यसैगरी नेपालको पुरुष टोली पनि उत्तर कोरियासित नेपाल ३-० ले पराजित भएको छ। पुरुषतर्फ समुह बी मा रहेको नेपालका संयोग कपाली ११-७, ११-४ तथा  ११-५ अकले पराजित भए। अर्को खेलमा नेपालका रुविन महर्जन ११-२, ११-६ तथा ११-२ अकले पराजित भए भने विलोश श्रेष्ठ ११-८, ११-२ तथा ११-३ अंकले पराजित भए।

Skip This
Skip This
Logo