इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको शानदार जित

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको शानदार जित

केन्द्रबिन्दु
0
Shares

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्ट ह्याममाथि शानदार जित निकालेको छ। आइतबार एनफिल्डमा लिभरपुलले वेस्ट ह्याममाथि ३-१ को जित निकालेको हो। 

खेलको १६ औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। पाहुना टोलीका जारोड बोबेनले ४२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

नुनेजले ६० औँ मिनेटमा लिभरपुलको अग्रता २-१ को बनाए। खेल सकिन ५ मिनेट अघि जोटाले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए।लिभरपुलले आफ्नो अपराजित यात्रालाई १८ खेलसम्म पुर्याएको छ। जित सहित लिभरपुलले ६ खेलबाट १६ अंक बनाएको छ। वेस्ट ह्यामको १० अंक छ।

अर्को खेलमा घरेलु मैदानमा आर्सनलले टोटेनहमसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँड्यो। खेलको २६ औँ मिनेटमा रोमेरोको आत्मघाति गोलमा आर्सनलले खेलमा अग्रता बनाएको थियो। टोटेनहमका कप्तान सन ह्युङ मिनले ४२ औँ मिनेटमा खेल बराबरीमा ल्याएका थिए। 

दोस्रो हाफमा बुकायो साकाले पेनाल्टीमार्फत पुन आर्सनललाई अघि बढाएका थिए। लगत्तै कप्तान मिनले टोटेनहमका लागि गोल गर्दै खेल बराबरीमा ल्याए।बराबरीसँगै आर्सनल र टोटेनहमले ६ खेलबाट समान १४ अंक जोडको छन्।  

Logo