१९औँ एसियाली खेलकुदः महिला फुटबलमा नेपालले आज जापानसँग खेल्ने

१९औँ एसियाली खेलकुदः महिला फुटबलमा नेपालले आज जापानसँग खेल्ने

केन्द्रबिन्दु
0
Shares

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसित खेल्ने भएको छ। नेपाल र जापानबीचको खेल आज साँझ ५ः१५ बजे हुनेछ। 

महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो। यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो। नेपाल भियतनामसित २-० गोल अन्तरले पराजित भएको हो।

नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो।  पानले भने पहिलो खेलमा बंगलादेशलाई ८-० गोलअन्तरले पराजित गरेको थियो। 

समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। उक्त समूहमा पान शीर्ष स्थानमा रहेको छ। यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्नेछ। 

लिम्बूको घुँडाको शल्यक्रिया सफल

यसैबीच भियतनामविरुद्धको पहिलो खेलमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बूको घुँडाको शल्यक्रिया सफल भएको छ। उनको आइतबार चीनको हानझाउस्थित लोङवान अस्पतालमा घुँडाको शल्यक्रिया गरिएको हो। 

भियतनामविरुद्धको पहिलो खेल खेल्ने क्रममा लिम्बू खेलको ३५औँ मिनेटमा घाइते भएकी थिइन्। उनको घुँडाको मांसपेसी च्यातिएको थियो। लिम्बूले  १९औँ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलका बाँकी खेल गुमाउने भएकी छिन्।

Skip This
Skip This
Logo