पहिलो हाफमा माल्दिभ्सविरूद्ध नेपाल २-०ले अघि

पहिलो हाफमा माल्दिभ्सविरूद्ध नेपाल २-०ले अघि


साफ यु-१९ फुटबल च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरूद्धको खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको छ।  

सोमबार दिउँसो काठमाडौंस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीच खेल भइरहेको हो। पहिलो हाफको खेल सकिँदा नेपाल २-०ले अघि छ । खेलको १६औं मिनेटमा गोल गर्दै प्रशान्त लकसमले सुरुवाती अग्रता दिलाए । साथै  २९औं मिनेटमा समिर तामाङले गोल गर्दै अग्रता  दोब्बर पारे । 

खेलको ३५औं मिनेटमा दुवै टोली १० खेलाडीमा सिमित भए । नेपालका सुजन डंगोल र माल्दिभ्सका मोहम्मद ल्यानले सिधै रेड कार्ड पाएका थिए । 

नेपालले सेमिफाइनल पुग्न माल्दिभ्सलाई हराउनै पर्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा  पहिलो खेल नेपालले पाकिस्तानसँग खेलेको थियो। जसमा नेपाल १ गोलले पराजीत भएको थियो। 

Logo