नेपालले १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्ध दुवै ओपनरलाई गुमाएको छ। चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ८ ओभरमा २ विकेट गुमाउँदै ७७ रन बनाएको छ।
नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ रनमा आउट भएका छन्। जम्यांसुरेन दावासुरेनको बलमा डिप स्क्वायर लेगमा अल्तांखुयाग मुगुनले सानदार क्याच लिएपछि कुशल पेभेलिएन फर्किएका हुन्।
ओपनर आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट हुन पुगे। आसिफ टप एज लागेर कट विहाइन्ड हुन पुगेका हुन्। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ४.५ ओभरमा ४२ रनको साझेदारी गरेका थिए।
नेपालले चौथो नम्बरमा रोहित पौडेललाई ब्याटिङमा पठाएको छ। कुशल मल्ल ११ बलमा २ चौका र २ छक्कासहित २७ रनमा क्रिजमा छन् । रोहित २ रनमा खेलेका छन् ।































प्रतिक्रिया