सन्न्यासकाे घोषणा गरे क्रिकेटर हकले

सन्न्यासकाे घोषणा गरे क्रिकेटर हकले

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानका क्रिकेटर नवीन उल हकले आगामी विश्वकप लगत्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन्। आईसिसी एकदिवसीय विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ। 

दायाँ हाते मध्यम तेज गतिका बलर नवीन उह हकले २४ वर्षको उमेरमै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका हुन्। विश्वकपको १३औँ संस्करणका लागि घोषित अफगानिस्तानको टोलीमा उनलाई पनि समावेश गरिएको छ। 

नवीन उल हकलाई विश्वकपका लागि अफगानिस्तानको टोलीमा पनि अप्रत्याशित रूपमा समावेश गरिएको थियो। नवीन उल हकले हालसम्म अफगानिस्तानका लागि सातवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र खेलेका छन्।

उनले सात एकदिवसीय खेलमा १४  विकेट लिएका छन्। टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनले नियमित रूपमा सहभागिता जनाउँदै आएका छन् । 

Skip This
Skip This
Logo