नेपालका दुबै ओपनर आसिफ र कुशल आउट

नेपालका दुबै ओपनर आसिफ र कुशल आउट

केन्द्रबिन्दु
0
Shares

नेपालले १९ औँ एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध दुबै ओपनरलाई गुमाएको छ। टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ६.२ ओभरमा २ विकेट गुमाउँदै ५४ रन बनाएको छ।

नेपालका कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए। कुशल तीव्र गतिका बलर मिउभान मोहमदको बलमा एलबीडब्लू आउट भए। क्रिजमा विनोद भण्डारी १२ र सन्दीप जोरा १ रनमा छन्।

ओपनर आसिफ शेख ८ बलमा १ चौकासहित ६ रनमा आउट भएका थिए। आसिफ तीप्र गतिका बर नासिर नाइल इस्मालको बलमा कभरमा सट खेल्ने धुनमा फरिद शिउसबाट क्याच आउट भएका छन्। पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले २.३ ओभरमा २० रनको साझेदारी गरेका थिए।

कुशलले छैटौं ओभरको चौथो बलमा ब्यक्तिगत ३१ रनमा जीवनदान पाएका थिए। विनोद भण्डारीसँग तालमेल नमिल्दा रन आउट हुनबाट बचेका थिए।

Skip This
Skip This
Logo