एसियन कप छनोट खेल्ने फुटसल टोलीको बिदाई

एसियन कप छनोट खेल्ने फुटसल टोलीको बिदाई

केन्द्रबिन्दु
0
Shares

फुटसल एसियन कप छनोट खेल्न मंगोलिया जाने नेपाली टोलीलाई विदाई गरिएको छ । 

डेढ वर्षयता घरेलु फुटसल लिगसमेत नखेलेका नेपाली खेलाडी यही असोज २० देखि २३ गतेसम्म मंगोलियामा हुने एसियन कप छनोट खेल्न त्यसतर्फ जान लागेका हुन् ।  नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले खेलाडि पलायनका कारण समस्या भएपनि अहिलेको खेलमा केही सुधार हुने अपेक्षा गरिएको जानकारी दिए । 

‘लिग नभएको कारणले त्यस्तो राम्रो हुन्छ भन्ने छैन् तर पनि राम्रो तयारी गरिएकाले यसपाली हामी दोस्रो राउण्डमा पुग्छौ भन्ने अपेक्षा छ ।’ उनले भने ।

त्यस्तै, कप्तान मणीकुमार लामाले पहिलो पटक कप्तानी गर्न लागेकाले केही नर्भस भएपनि राम्रो गर्नेमा आशाबादी रहेको बताएका छन् । उनले भने, ‘हामी फिजिकल रुपमा कमजोर छैनौं । टेक्नीकल केही समस्या भएपनि, अनुभवी खेलाडि नभएपनि युवा खेलाडि भएकाले  हामीले राम्रो प्रर्दशन गछौ भन्ने आशा छ ।’

छनोट प्रतियोगितामा विभिन्न ३१ राष्ट्र सहभागी छन् । यसलाई विभिन्न आठ समूहमा विभाजन गरिएको छ । नेपाल भने समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा भियतनाम, दक्षिण कोरिया र मङ्गोलिया रहेका छन् । प्रत्येक समूहका शीर्ष स्थान हासिल गर्ने टोली एएफसी फुटसल एसियन कपका लागि छनोट हुनेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट सात उपविजेता टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

सन् २०१७ मा अन्तर्राष्ट्रिय फुटसलमा डेब्यु गरेको नेपालले त्यसयता एसिया कपका दुई वटा छनोटबाहेक अन्य अन्तर्राष्ट्रिय खेल खेलेको छैन । 

Skip This
Skip This
Logo