एसियाली खेलकुदमा भारोत्तोलन खेलाडी विशालको दुर्लभ कीर्तिमान

एसियाली खेलकुदमा भारोत्तोलन खेलाडी विशालको दुर्लभ कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

चीनको हान्झाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत भारोत्तोलनमा नेपाली खेलाडी विशालसिंह विष्टले दुर्लभ कीर्तिमान बनाएका छन् ।

चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको पुरुष ९६ केजी तौलसमूहमा विशालले ३ राष्ट्रिय कीर्तिमानसहित कुनै पनि नेपाली खेलाडीले कुलमा पहिलोपटक ३०१ केजी वजन उठाउने अर्को दुर्लभ कीर्तिमान बनाएका हुन् । 

विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ केजी र कुलमा २९१ केजीको राष्ट्रिय कीर्तिमान उनकै नाममा थियो । 

यसअघि कुनै पनि नेपाली भारोत्तोलकले कुनै पनि तौल समूहमा जम्मामा ३ सय केजीसम्मको भार वहन गरेका थिएनन् । 

Logo