मिस पवी बनिन् धनगढी एफसीको ब्रान्ड एम्बेस्डर

मिस पवी बनिन् धनगढी एफसीको ब्रान्ड एम्बेस्डर

केन्द्रबिन्दु
0
Shares

कलाकार तथा मोडल मिस पवी (पवी साँकी) नेपाल सुपर लिग (एनएसएल)को क्लब धनगढी एफसीको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएकी छन् ।

एनएसएलको साविक उपविजेता टोली रहेको धनगढी एफसीका सिईओ सकुश केसी र कलाकार मिस पवीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार पवी यो सिजनको एनएसएलको लागि धनगढी एफसीको ब्रान्ड एम्बेस्डर रहने छिन् ।

धनगढी एफसीको खेलका बेला मिस पवीले स्टेडियममा बसेर धनगढी एफसीलाई समर्थन समेत गर्नेछिन् ।

सो अवसरमा मिस पवीले धनगढी एफसीको ब्रान्ड एम्बेस्डरका रुपमा जोडिन पाउँदा एकदमै उत्साहित भएको प्रतिक्रिया दिइन् । धनगढीले अझै राम्रो फुटबल पस्किँदै दर्शकहरुलाईं मनोरञ्जित पार्ने उनले विश्वास पनि व्यक्त गरिन् । 

नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पौष २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ । ग्रो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढी एफसीले कात्तिक १० गते वीरगञ्ज युनाइटेडसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।  

Skip This
Skip This
Logo