टाइम्स इन्टरनेसनल कलेज अपराजित रहँदै एनबिएल च्याम्पियन

टाइम्स इन्टरनेसनल कलेज अपराजित रहँदै एनबिएल च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

टाइम्स इन्टरनेसनल कलेज अपराजित रहँदै राष्ट्रिय बास्केबल लिग (एनबिएल) च्याम्पियन बनेको छ । राउन्ड रोबिन लिगका आधारमा त्रिभुवन आर्मी क्लबलाई शुक्रबार ११५–९० ले हराउँदै टाइम्स इन्टरनेसनल कलेज सातौं जितका साथ च्याम्पियन बनेको हो ।

एनबिएलका अन्तिम दुई खेल बाँकी रहँदा १४ अंकसहित टाइम्स च्याम्पियन बनेको हो । यस्तै आर्मीले ७ खेलमध्ये ५ खेलमा जित हात पार्दै १२ अंक बटुल्यो । टाइम्समाथि जित हात पारेको भए आर्मी नै लिग विजेता हुने थियो । आर्मीको लिगमा यो दोस्रो हार हो । सबै ७ खेल खेलेको कीर्तिपुर बास्केटबल क्लब ११ र ६ खेल खेलेको रोयल स्पोर्ट्स सेन्ट्रल १० अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

पहिलो क्वार्टरबाट अग्रता बनाएको टाइम्सले सजिलै नतिजा आफ्नो पक्षमा पार्यो । पहिलो क्वार्टरमा २५–२१ ले अघि लागेको टाइम्सले दोस्रो क्वार्टर सकिदा ५८–४७ र तेस्रो क्वार्टरको समाप्तीमा ८५–६१ ले अग्रता बनायो । ३३ स्काेर गरेको टाइम्सका अम्जोत सिंह खेलको म्यान अफ दी म्याच बने । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो खेलमा कीर्तिपुर बास्केबल क्लबले विशाल मिलन केन्द्रलाई ९५–७७ ले हराएको थियो । तीन

क्वार्टरको समाप्तीसम्म ६१–६३ ले पछि रहेको कीर्तिपुरले चौथो तथा अन्तिम क्वार्टरमा उत्कृष्ट पुनरागमनका साथ नतिजा आफ्नो पक्षमा पारेको थियो । अन्तिम क्वार्टरमा विशाल केन्द्रले १४ स्कोर गर्दा कीर्तिपुरले ३४ स्कोर थपेको थियो । ३३ स्कोर गरेका विजेता टोलीका अनिल खड्गी खेलको म्यान अफ दी म्याच घोषित भए ।

Logo