सम्हालिन नसक्दा पाकिस्तान भारतविरुद्ध सस्तैमा अलआउट

सम्हालिन नसक्दा पाकिस्तान भारतविरुद्ध सस्तैमा अलआउट

केन्द्रबिन्दु
0
Shares

पाकिस्तान आइसिसी विश्वकप २०२३ मा आयोजक भारतविरुद्ध सस्तैमा अलआउट भएको छ । 

नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रनमै समेटिएको हो । पाकिस्तानका लागि बाबर आजमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । साथै मोहम्मद रिजवानले ४९ रन जोडे । उनी एक रनबाट अर्धशतक बनाउन चुके ।  

तेस्रो विकेटका लागि बाबर र रिजवानले १ सय ३ बलमा ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै विशाल योगफलको सम्भावना देखाएका थिए । तर, शिराजको ३० औं ओभरको चौथो बलमा बाबर बोल्ड आउट हुन पुगेपछि पाकिस्तानका सबै विकेट नाटकीय रुपमा पतन भएसँगै पाकिस्तान सस्तैमा समेटिएको हो । साथै ओपनर इमाम उल हकले ३६ रन जोड्दा अब्दूल्लाह शफिक २० रनमा आउट भए । हसन अलिले १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् । 

बलिङमा भारतका कुलदीप यादव, रविन्द्र जडेजा, हार्दिक पान्ड्या, मोहम्मद शिराज र जस्प्रित बुमराहले समान २/२ विकेट लिए । 

Logo