मनिषको गोलमा नेपाल विश्वकप छनोटको दोस्रो चरणमा, लाओस बाहिरियाे

मनिषको गोलमा नेपाल विश्वकप छनोटको दोस्रो चरणमा, लाओस बाहिरियाे

केन्द्रबिन्दु
0
Shares

नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो चरणको अन्तर्गत दोस्रो लेगमा लाओसमाथि १-० अर्थात् समग्रमा २-१ गोलअन्तरले हराउँदै नेपाल दोस्रो चरणमा पुगेको हो ।भ्यानट्यानस्थित राष्ट्रिय रंगशालामा नेपालका लागि एकमात्र गोल मनिष डाँगीले खेलको दोस्रो हाफको ५३औं गरेका हुन् । मनिषले अञ्जन विष्टको असिस्टमा गोल गरेका हुन् ।

लाओसले पनि खेलका दौरान केही राम्रा अवसरहरु पनि पाएको थियो, तर गोलमा सदुपयोग गर्न सकेन । 

यसअघि नेपालको मैदानमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । अब नेपालले दोस्रो चरणको समूह एचमा आफ्नो स्थान बनाएको छ । समूह एचमा युएइ, बहराइनसहित यमन रहनेछन् ।
 

Logo