त्रिदेशीय शृंखला आजदेखि, पहिलो खेलमा नेपाल र यूएई खेल्दै

त्रिदेशीय शृंखला आजदेखि, पहिलो खेलमा नेपाल र यूएई खेल्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आजदेखि काठमाडौँमा सुरु हुँदै छ।

दिउँसो १ बजे मुलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ। नेपालले कार्तिक २ गते हङकङ, ४ गते हङकङ र ६ गते पुनः युएईसँग खेल्नेछ भने ८ गते हङकङसँग खेल्नेछ।

डबल राउण्ड रोबिनका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। फाइनल खेल असोज १० गते हुनेछ। सिरिजको फाइनलबाहेक सबै खेल मूल पानीको माथिल्लो मैदानमा हुनेछ।

मूल पानीमा टिट्वान्टी-आईको खेल पहिलो पटक हुन लागेको हो। यो मैदानमा ओडिआई भने सञ्चालन भइसकेको छ। खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ।

Logo