वार्नर र मार्शको शतकमा अष्ट्रेलियाले पाकिस्तानलाई दियो ३६८ रनको लक्ष्य

वार्नर र मार्शको शतकमा अष्ट्रेलियाले पाकिस्तानलाई दियो ३६८ रनको लक्ष्य


ओपनरद्वय डेविड वार्नर र मिचेल मार्शको सानदार शतकमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानलाई विशाल लक्ष्य दिएको छ । 

बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३६७ रन बनाएको हो । अष्ट्रेलियाका लागि वार्नरले सर्वाधिक १६३ रनको शतकीय इनिङ खेले । १२४ बल खेलेका उनले १४ चौका र ९ छक्का प्रहार गरे । त्यस्तै, मार्शले १२१ रनको शतकीय इनिङ खेले । उनीहरुले पहिलो विकेटका लागि ३३.५ ओभरमा २५९ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । 

त्यस्तै, मार्कुस स्टोइनिसले २१ रन तथा जोश इंग्लिसले १३ रन जोडे । 

बलिङमा पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले सर्वाधिक ५ विकेट तथा हरिस रुफले ३ विकेट लिए । उस्मान मिरले एक विकेट लिए ।

Logo