युभेन्ट्सले मिलानलाई हरायो

युभेन्ट्सले मिलानलाई हरायो

केन्द्रबिन्दु
0
Shares

एसी मिलानलाई पराजित गर्दै युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा शीर्ष टोलीसँगको अंक दुरी छोट्याएको छ। १० खेलाडीमा समेटिएको घरेलु टोली मिलानलाई १-० ले पराजित गर्दै युभेन्ट्सले शीर्ष टोली इन्टर मिलान र एसी मिलानसँगको अंक दुरी छोट्याएको हो।

युभेन्ट्सको जितमा दोस्रो हाफमा म्यानुयल लोकाटेलीले गरेको गोल नै निर्णायक बन्यो । उनले ६३औं मिनेटमा टिमोथी वेहको पासमा गोल गर्न सफल भएका थिए।

मिलानोमा आइतबार राति भएको खेलको ४०औं मिनेटमा मिलान १० खेलाडीमा समेटिन पुगेको थियो। डिफेन्डर मलिक थिअले पेनाल्टी बक्समा मोइस किनलाई फउल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए। त्यसपछि दवावमा आएको मिलानमाथि युभेन्ट्सले दोस्रो हाफमा गोल गर्दै जित निकाल्न सफल भयो।

यस जितले युभेन्ट्स ९ खेलबाट २० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। पराजित मिलान २१ अंकसहित दोस्रो स्थानमा छ। युभेन्ट्ससँगको हारसँगै मिलानले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ। शीर्षस्थानको इन्टरको २२ अंक छ।

Skip This
Skip This
Logo