अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई दियो ४०० रनको लक्ष्य, म्याक्सवेलले ४० बलमै हाने शतक

अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई दियो ४०० रनको लक्ष्य, म्याक्सवेलले ४० बलमै हाने शतक


अलराण्डर ग्लेन म्याक्सवेलको विष्फोटिङ शतकमा अस्ट्रेलियाले जारी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध विशाल लक्ष्य दिएको छ । 

भारतको फिरोज शाह कोटला मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३९९ रन बनाएको हो ।  अस्ट्रेलियाका लागि सर्वाधिक १०६ रनको शतकीय इनिङ खेले । उनले मात्रै ४० बलमा शतक पूरा गरेका थिए । सो क्रममा उनले ८ छक्का र ९ चौका प्रहार गरे । 

त्यसअघि ओपनर डेभिड वार्नरले पनि शतकीय इनिङ खेलेका थिए । उनले उनले ९३ बलमा १०४ रन जोडे । उनको यो दोस्रो शतक पनि हो । २८ रन बनाउँदा पहिलो विकेट गुमाएको अस्ट्रेलियाले दोस्रो विकेटका लागि १६० रन बनाउँदा स्मिथलाई गुमाएको थियो । उनी ७१ रनमा आउट भए । साथै मार्नुसले पनि ६२ रनको अर्धशतकीय इनिङ खेले । 

बलिङमा लोगान भान विकले सर्वाधिक ४ विकेट लिए । 

Logo