विश्वकप क्वालिफायर खेल्न नेपाली टोली पूर्ण रुपमा तयार छः प्रशिक्षक मोन्टी देसाई [भिडियाेसहित]

विश्वकप क्वालिफायर खेल्न नेपाली टोली पूर्ण रुपमा तयार छः प्रशिक्षक मोन्टी देसाई [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले भोलिबाट सुरू हुने टी–२० विश्वकप क्वालिफायरका आफ्नो टोली तयार रहेको बताएका छन् ।

प्रतियोगितापूर्व पत्रकारसँगको अन्तर्क्रियामा प्रशिक्षक देसाईले विपक्षी टिमहरूलाई कमजोर आँक्न नहुने, तर नेपाली टीम राम्रो लयमा रहेको तर्क गरे । राम्रो नतिजाका लागि आवश्यक रणानीतिहरु तयार गरिएको उनको भनाई छ । 

‘हामी केही समयदेखि राम्रो खेलिरहेका छौं । आफ्नो कमजोरीहरूमा सुधार गरेका छौं । सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ । हामी आफ्ना बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौं ।’ उनले भने, ‘हाम्रो लागि प्रत्येक म्याच महत्वपूर्ण छन् । त्यसैले वान गेम एट अ टाइम भन्ने हाम्रो मन्त्र हुनेछ।’

उनले घरेलु मैदानमा हुन गइरहेको प्रतियोगिता नेपालका लागि ठूलो अवसर भएको बताए । त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारलाई बिर्सिएर अघि बढ्ने उनको भनाइ छ ।

याे समाचारकाे भिडियाे- https://fb.watch/nZOo2V13-X/

Logo