नेपाल र युएईबीचको सेमिफाइनल खेलकाे टिकट आईएमई पेबाट खरिद गर्न सकिने

नेपाल र युएईबीचको सेमिफाइनल खेलकाे टिकट आईएमई पेबाट खरिद गर्न सकिने


नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत नेपाल र यूएईबीचको सेमिफाइनल खेलका लागि ३५ सय टिकट बिक्री गर्ने भएको छ। 

क्यानले बिहीबार सूचना जारी गर्दै मुलपानीमा हुने नेपाल र यूएईबीचको सेमिफाइनल खेलका लागि ३५ सय टिकट मात्र बिक्री गर्ने जनाएको हो। 

सेमिफाइनल खेलका लागि टिकट आईएमई–पेबाट खरिद गर्न सकिनेछ। क्यानले सेमिफाइनलका लागि मैदानमा टिकट बुथ नराखिने भएकाले आईएमई–पेबाट नै टिकट काट्न भनेको छ। 

साथै क्यानले शुक्रबार हुने सेमिफाइनल खेल घरमै बसेर हेर्न समर्थकहरुसँग आग्रह गरेको पनि छ । नेपाल र यूएईबिचको सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा खेलिने छ । 

‘सेमिफाइनल खेलका लागि मात्र तीन हजार पाँच सय टिकट अनलाइनमार्फत आईएमई पेबाट काट्न सकिने जानकारी गराउँछौँ । मैदानमा टिकट बुथ हुने छैन । तसर्थ निश्चित संख्यामा उपलब्ध हुने सेमिफाइनल खेलको टिकट आईएमई पेमार्फत काट्न अनुरोध छ । सम्पूर्ण दर्शकलाई नेपालको सेमिफाइनल खेल सकभर घरमै बसेर हेर्नु हुन हामी हार्दिक अनुरोध गर्दछौं,’ क्यानले भनेको छ ।

Logo