ओमानसँग हारको बदला लिँदै उपाधि जित्ने दाउमा नेपाल

ओमानसँग हारको बदला लिँदै उपाधि जित्ने दाउमा नेपाल

केन्द्रबिन्दु
0
Shares

 

नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज ओमानसँग खेल्दैछ।

खेल ११ बजे बिहान टियु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालले सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो।उता ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो। फाइनलमा पुग्दै दुबै टोली २०२४ को विश्वकपमा स्थान पक्का गरेका छन्।

घरेलु टोली नेपाल ओमानसँग समूह चरणको पाँच रनको हारको बदला लिँदै उपाधि जित्न चाहन्छ। युएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोलीको मनोबल उच्च छ। घरेलु मैदान र दर्शकले नेपाल झनै बलियो बन्नेछ।

पछिल्ला पाँच टि२० खेलमा नेपाल तीन र ओमान दुई खेलमा विजयी भएका छन्। नेपाल र ओमानबीचको खेल कडा हुने अनुमान गरिएको छ। टियुमा नेपाल लगातार दोस्रो पटक उपाधि जित्न चाहन्छ। नेपालले पछिल्लो पटक गत वैशाखमा एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कप खेलेको थियो।

Skip This
Skip This
Logo