इंग्लिस प्रिमियर लिगमा आइतबार चेल्सी र म्यानचेस्टर सिटीले रोमाञ्चक बराबरी खेलेका छन्। चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेल ४-४ को बराबरीमा टुङ्गिएको थियो ।
२५औँ मिनेटमा एर्लिङ हालान्डले पेनाल्टी मार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। चेल्सी डिफेन्डर कुकुरेलाले हालान्ड माथि नै फाउल गरेपछि सिटीले पेनाल्टी पाएको थियो। पेनाल्टीमा हालान्डले कुनै गल्ती गरेनन्।
चेल्सीका २९औँ मिनेटमा नै बराबरी गोल गर्यो। डिफेन्डर थियागो सिल्भाले कनर ग्यालाघरले लिएको कर्नरमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए।
३७औं मिनेटमा चेल्सीले अग्रता लियो। सिटी डिफेन्डर रूबेन डियासले गल्ती गरेपछि चेल्सीका रिस जेम्सले दिएको पासमा पूर्व सिटी खेलाडी रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। तर पहिलो हाफको अन्त्य तिर सिटीले पुनः बराबरी गोल गर्यो।
बर्नार्डो सिल्भाको क्रसमा मानुएल आकान्जिले हेडर गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए। दोस्रो हाफको सुरुवात मै सिटीले अग्रता लियो। हालान्डले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई अग्रता दिलाए।
६७औँ मिनेटमा चेल्सीको पुनः बराबरी गर्यो। ग्यालाघरको लामो दूरी बाट गरेको प्रहार सिटी गोलरक्षक एडरसनले बचाएपछि रिबाउन्डमा निकोलस ज्याक्सनले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
८६औं मिनेटमा सिटीले फेरि पनि खेलमा अग्रता लियो। रोड्रीकोले बक्स बाहिरबाट लिएको प्रहार चेल्सी डिफेन्डर थिएगो सिल्भाको खुट्टामा लागेर गोल भएको थियो। सिटीले यस समयमा जित सुनिश्चत गरेको अनुभूति गरेको थियो।
तर इन्ज्युरीमा सिटी डिफेन्डर रुबेन डियासले अर्मान्डो ब्रोजामाथि फाउल गरेपछि चेल्सीले बराबरी गर्ने अर्को मौका पायो। यहि सिजन सिटीबाट चेल्सी गएका कोल पालमरले पेनाल्टीमा गोल गर्दै खेललाई ४-४ को स्थितिमा ल्याए। बराबरी पछि सिटी १२ खेलमा २८ अंक सहित पहिलो स्थानमा यथावत छ। चेल्सी भने १२ खेलमा १६ अंक सहित १०औं स्थानमा छ।































प्रतिक्रिया