लिभरपुल दोस्रो स्थानमा उक्लियो

लिभरपुल दोस्रो स्थानमा उक्लियो

केन्द्रबिन्दु
0
Shares

लिभरपुल इंग्लिस प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ब्रेन्टफर्ड माथि आइतबार ३-० को सहज जित निकाल्दै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो।

लिभरपुलको जितमा मोहम्मद सालाहले २ र डिएगो जोटाले १ गोल गरे। खेलको ३९औं मिनेटमा लिभरपुलले सालाहको गोल बाट अग्रता लियो। डार्विन नुनेजको पासमा सालाहले राम्रो फिनिस गर्दै खेलमा अग्रता दिलाए।

दोस्रो गोल सालाहले नै ६२औं मिनेटमा गरे। कोस्टास सिमिकासको क्रसमा सालाहले सहज हेडर गोल गरेका थिए। ७४औं मिनेटमा सिमिकासकै पास लिएर जोटाले बक्सको छेउ बाट सानदार गोल गर्दै जित सुनिश्चित गरे। लिभरपुलको १२ खेलमा २७ अंक पुगेको छ। पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ अंक छ। पराजित ब्रेन्टफर्डको १६ अंक छ।

Skip This
Skip This
Logo