स्लोभाकिया र हंगेरी युरोकपमा छनौट

स्लोभाकिया र हंगेरी युरोकपमा छनौट

केन्द्रबिन्दु
0
Shares

स्लोभाकिया र हंगेरी युरो कपमा छनौट भएका छन्। गएराती सम्पन्न खेलमा स्लोभाकियाले आइसल्याण्डलाई ४-२ गोल अन्तरले पराजित गरेसँगै समुह जे बाट युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हाे।

स्लोभाकियाको ९ खेलमा १९ अंक भएको छ र समुह जे मा दोस्रो स्थानमा छ। एक खेल खेल्न बाँकी हुँदै यस समुहबाट पोर्चुगल र स्लोभाकिया युरो कपका लागि छनौट भएका छन्।

त्यसैगरी हंगेरीले गएराती बुल्गारियासँग २-२ गोलको बराबरी खेलेसँगै युरोकपमा छनौट भएको छ। समुह जी मा रहेको हंगेरीको ७ खेलमा १५ अंक रहेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ।

२०२४ को जुन १४ देखि १४ जुलाईसम्म हुने युरोकपका लागि अहिलेसम्म आयोजक जर्मनीसहित बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, स्कटल्याण्ड, टर्की, अस्ट्रिया, ईङल्याण्ड, हंगेरी र स्लोभाकिया छनौट भएका छन्। युरो कपमा २४ देशको सहभागिता रहन्छ।

Logo