अष्ट्रेलियाविरुद्ध कोहलीको महत्वपूर्ण अर्धशतक

अष्ट्रेलियाविरुद्ध कोहलीको महत्वपूर्ण अर्धशतक

केन्द्रबिन्दु
0
Shares

भारतका विराट कोहलीले आइसिसी विश्वकप २०२३ को फाइनलमा अष्ट्रेलियाविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । 

नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतका लागि कोहलीले अर्धशतक पूरा गरेका हुन् । उनले ५६ बलमा ४ चौका प्रहार गरे । उनलाई क्रिजमा केएल राहुलले साथ दिएका छन् । 

हाल भारत २५ ओभरमा ३ विकेटको क्षतिमा १३४ रन बनाएर खेलिरहेको छ । यसअघि मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल ४ रनमा क्याच आउट भएका थिए ।  भारतले १०औं ओभरको चौथो बलमा कप्तान रोहित शर्मालाई गुमायो । उनी उनी ४७ रनमा क्याचआउट भए । उनले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । उनलाई ग्लेन म्याक्सवेलले आउट गरेका हुन् । 

त्यस्तै, श्रेयस लेयर ४ रनमै आउट भए । यसअघि उनले सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शतक प्रहार गरेका थिए । प्याट कमिन्सको १०औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ४ रनमा क्याच आउट भएका हुन् ।

अपराजित रहँदै फाइनलमा पुगेको भारत घरेलु मैदानमा तेस्रो उपाधी जित्न चाहन्छ । त्यस्तै, विश्वकपको सर्वाधिक सफल अष्ट्रेलिया पनि छैटौं उपाधी जित्ने सोचमा छ । भारतले सेमिफाइनलमा न्युजिल्याण्ड र अष्ट्रेलियाले साउथ अफ्रिकालाई हराउँदै फाइनल यात्रा तय गरेका हुन्। सन् २००३ को फाइनलमा दुवै टिम आमने सामने भएका थिए। सो खेल अष्ट्रेलियाले एकतर्फी रुपमा जितेको थियो। यस पटक भारतीय टिम २० वर्ष पुरानो हारको बदला लिने योजनामा छ। 

Logo