टी-२० अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने साेचमा रोहित शर्मा

टी-२० अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने साेचमा रोहित शर्मा

केन्द्रबिन्दु
0
Shares

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले अब टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने छैनन् । बीसीसीआई स्रोतका अनुसार उनले एकदिवसीय विश्वकपअघि टी–२० ढाँचाको बारेमा आफ्नो भविष्यका बारेमा छलफल गरेका छन् । 

कप्तान रोहितले नोभेम्बर २०२२ मा भएको टी–२० विश्वकप २०२२ बाट भारत बाहिरिएपछि एउटा पनि टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन् । हार्दिक पाण्ड्याले अधिकांश समय टोलीको नेतृत्व गरेका छन् । ३६ वर्षीय रोहितले १४८ टी–२० अन्तर्राष्ट्रिय खेलमा चार शतकसहित ३ हजार ८ सय ५३ रन बनाएका छन् ।

भारतमा कप्तान रोहितबाहेक चार ओपनर शुभमन गिल, यशस्वी जैसवाल, इशान किशन र रुतुराज गायकवाड छन् । यी चार खेलाडीले आइपिएलमा आफूलाई प्रमाणित गरेका छन् । यदि युवा पुस्ताले प्रदर्शन गर्न सकेन भने बीसीसीआईले टी २० विश्वकपका लागि रोहितलाई आफ्नो निर्णय बदल्न आग्रह गर्न पनि सक्छ । रोहित शर्मा आफ्नो करियरको त्यो चरणमा छन् जहाँ उनी आफ्नो कार्यभार व्यवस्थापनमा ध्यान केन्द्रित गर्दै चोटमुक्त रहन चाहन्छन् ।

रोहितलाई हरेक वर्ष तीनवटै ढाँचा र आईपीएल खेल्न गाह्रो छ । भारतले डिसेम्बर २०२३ देखि मार्च २०२४ सम्म सातवटा टेस्ट खेल्नुपर्नेछ । भारतीय कप्तानले रातो बलको क्रिकेटमा बढी ध्यान दिने भएका छन् । उनीसँग भारतलाई अर्को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुर्याउने मौका छ । सन् २०१९ देखि टेस्ट फर्म्याटमा रोहितको प्रदर्शन राम्रो छ ।

Skip This
Skip This
Logo