अन्तिम समयमा जित निकाल्दै आर्सनल शीर्ष स्थानमा

अन्तिम समयमा जित निकाल्दै आर्सनल शीर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

ब्रेन्टफर्ड विरुद्ध अन्तिम समयमा जित निकाल्दै आर्सनल इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी पछि शीर्ष स्थानमा उक्लिने मौका पाएको आर्सनलले काई हाभर्ट्जको गोलको मद्दतले १-० को जित निकाल्दै तीन अंक हासिल गरेको हो।

खेल निकै प्रतिस्पर्धात्मक थियो। १४औं मिनेटमा आर्सनल गोलकिपर एरन राम्सडेलले गल्ती गरे पछि ब्रायन एम्बोएमोको प्रहार डेक्लन राइसले गोल लाइन बाट बचाएका थिए। ३८औं मिनेटमा आर्सनलका ग्याब्रिएल जिससको प्रहारले पोस्टको दिशा लिन सकेन।

४२औं मिनेटमा आर्सनलले अग्रता लिएको थियो। लियान्ड्रो ट्रोसार्डले गोल गर्दै खेलमा आर्सनलले अग्रता दिलाएका थिए। तर भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई अफसाइड भएका कारण रद्द गरेपछि आर्सनल अग्रता लिन बाट बञ्चित भएको थियो। ७७औं मिनेटमा निल मपेको प्रहार आर्सनलका डिफेन्डर ओलेक्जान्डर जिन्चेन्कोले गोल लाइन बाट क्लियर गरे।

८९औं मिनेटमा भने आर्सनलले अग्रता लियो। बुकायो साकाको क्रसमा फार पोस्टमा हेडर मार्फत गोल गर्दै हाभर्ट्जले गोल गरे र आर्सनलले तीन अंक दिलाए। जितपछि पहिलो स्थानमा उक्लिएको आर्सनलको १३ खेलमा ३० अंक छ। दोस्रो र तेस्रो स्थानमा रहेका म्यानचेस्टर सिटी र लिभरपुलको क्रमसः २९ र २८ अंक रहेको छ।

Logo