गुजरात टाइटन्सका कप्तान हार्दिक पान्ड्या इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ मा मुम्बई इन्डियन्स फर्किएका छन् ।
आईपीएलमा आईतबार १० टिमले आफ्ना खेलाडीको रिटेन र रिलिज सूचि जारी गरेका थिए, जसमा गुजरातका कप्तान हार्दिक आफ्नो टिम छाड्दै मुम्बई इन्डियन्स फर्किएका हुन् ।
सन् २०२२ मा गुजरात नयाँ टिमको रुपमा आईपीएलमा आएको थियो । गुजरातले पाण्ड्यालाई १५ करोड रुपैयाँ दिएर आफ्नो टिमको कप्तान बनाएको थियो । हार्दिकको कप्तानीमा डेब्यू सिजनमै गुजरातले उपाधि जितेको थियो । तर, सन् २०२३ को पनि फाइनलमा पुगेकाे गुजरात चेन्नईसँग भने पराजित भएको थियो ।
मुम्बईले अष्ट्रेलियन अलराउण्डर क्यामरन ग्रिनलाई बेचेर हार्दिकलाई फर्काएकाे हो । हार्दिकको उत्कृष्ट अलराउन्ड प्रदर्शनको सहयोगमा मुम्बईले २०१५, २०१७, २०१९ र २०२० मा उपाधि जितेको थियो ।





























प्रतिक्रिया