साका र ओडेगार्डको गोलमा आर्सनलको जित

साका र ओडेगार्डको गोलमा आर्सनलको जित

केन्द्रबिन्दु
0
Shares

बुकायो साका र मार्टिन ओडेगार्डको गोलमा शीर्षस्थानमा रहेको लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा जित दर्ता गरेको छ।घरेलु मैदानमा आर्सनलले वल्भ्समाथि २-१ को जित निकाल्दै आफ्नो शीर्षतालाई बलियो बनाएको हो।

वल्भ्सका म्याथिअस कुन्हाले एक गोल फर्काए। इमिरेट्स स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा घरेलु टोली आर्सनलले १३ मिनेटभित्रै दुई गोलको अग्रता लिएको थियो। त्यही अग्रता जोगाउँदै आर्सनलले महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो।

छैटौं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलाई १-० को अग्रता दिलाए। उनले ताकेहिरो तोमियासुको पासलाई सदुपयोग गरे। १३औँ मिनेटमा ओलेक्सान्डर जिनचेन्कोको पासमा बुकायो साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे।

८६औँ मिनेटमा म्याथिअस कुन्हाले नेल्सन सेमेडोको पासमा गोल गर्दै खेललाई २-१ को स्थितिमा वल्भ्सलाई खेलमा फर्काउने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल विजयी हुन सफल भयो।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको १४ खेलबाट १० जित, ३ बराबरी र १ हारबाट ३३ अंक पुगेको छ। आर्सनलले एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई ४ अंकले पछि पारेको छ। पराजित वल्भ्स १५ अंकसहित १३औँ स्थानमा छ।

Logo