इंग्लिस प्रिमियर लिगमा एभर्टनको जित

इंग्लिस प्रिमियर लिगमा एभर्टनको जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ। बिहीबार राति भएको खेलमा एभर्टनले न्यूक्यासल युनाइटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो।
 
एभर्टनले जित निकाल्दा अन्तिम समयमा ३ गोल गरेको थियो। खेलको ७९ औँ मिनेटमा भएर्टनका लागि डिवेट म्याकनेलले गोल गर्दै खाता खेलेका थिए। ८६ औं मिनेटमा अब्दुला डोकुरेले म्यानेलको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। 

त्यस्तै, दोस्रो हाफको अतिरिक्त समयमा नोर्बेटो बेटुले गोल गरेपछि एभर्टन ३-० को सहज जित निकाल्दै ३ अंक लिन सफल भयो। जितपछि एभर्टन रेलिगेशन जोनबाट बाहिर निस्किएको छ भने पराजित भएको न्यू क्यासल युनाइटेड सातौं स्थानमा छ।

प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा वेस्टह्याम युनाइटेडले टोटनह्याम हटस्परमाथि २-१ गोलको पुनरागमन जित दर्ता गरेको छ। ११ औँ मिनेटमा क्रिष्टियन रोमेरोले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए। ५२औँ मिनेटमा जारोड विओइनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। 

पछि ७४ औँ मिनेटमा जेम्स वार्डले गोल गरेपछि वेस्टह्याम युनाइटेड २-१ को जित निकाल्न सफल भयो। जितपछि वेस्टह्याम २४ अंकका साथ तालिकाको नवौं र पराजित भएको टोटनह्याम पाँचौं स्थानमा छ।

Skip This
Logo