यू–१९ एसिया कप क्रिकेट: आज दुई खेल हुँदै

यू–१९ एसिया कप क्रिकेट: आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

संयुक्त अरब इमिरियट्स (युएई)मा जारी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत शनिवार दुई खेल हुँदैछन् । 

आज समूह ‘बी’अन्तर्गत पहिलो खेलमा युएईले बंगलादेशको सामना गर्नेछ । दोस्रो खेलमा श्रीलंका र जापानबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजे सुरु हुँदैछन् ।

समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले एकएक खेल खेलिसकेका छन् । शुक्रबार भएको खेलमा पाकिस्तान र भारतले विजयी सुरुवात गरेका हुन् । पाकिस्तानले नेपालमाथि र भारतले अफगानस्थानमाथि सात–सात विकेटको जित निकालेका हुन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । पहिलो खेलमा पाकिस्तानसँग नमिठो हार खाएको नेपालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ । 

Skip This
Skip This
Logo