आइपिएलको अक्सनमा परेनन् नेपाली खेलाडी

आइपिएलको अक्सनमा परेनन् नेपाली खेलाडी

केन्द्रबिन्दु
0
Shares

इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को मिनी अक्सनमा नेपाली खेलाडी नदेखिने भएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले सोमबार जारी गरेको खेलाडीको अक्सन सूचीमा कुनैपनि नेपाली खेलाडी समावेश गरिएको छैन। यस पटकको अक्सनमा एसोसिएट देशबाट केवल २ खेलाडी मात्र परेका छन्। अक्सनमा नेदरल्यान्ड्सका भान मर्केन र डेविड विजा मात्रै परेका छन्।

युएईको दुबईमा डिसेम्बर १९ मा हुने आइपिएल अक्सनमा कुल ३३३ खेलाडीलाई समावेश गरिएको छ। जसमा २१४ भारतीय खेलाडी छन् भने ११९ खेलाडी विदेशी रहेका छन्। यस अक्सनबाट कुल ७७ खेलाडी बिक्री हुने छन् जसमा ३० विदेशी खेलाडीको कोटा रहेको छ।

योसँगै नेपाली खेलाडीले आइपिएलमा खेल्ने प्रतिक्षा थप एक बर्ष लम्बिएको छ। यसअघि २०१८ को अक्सनबाट नेपालका स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले २० लाखमा किनेको थियो।

सन्दीप आइपिएल खेल्ने अहिलेसम्मका पहिलो नेपाली खेलाडी हुन्। सन्दीपलाई दिल्लीले २०२० मा रिलिज गरेपछि उनी २०२१ र २०२२ को अक्सनको सूचीमा रहेपनि कुनै टिमले किनेको थिएन। 

Skip This
Skip This
Logo