खेल क्षेत्रमा लगानी बढाउनुपर्छः अध्यक्ष श्रेष्ठ

खेल क्षेत्रमा लगानी बढाउनुपर्छः अध्यक्ष श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेल क्षेत्रमा लगानी गरेर नेपालीको गौरव बढाउने चाहना पुरा गर्नुपर्ने बताएका छन्।नेपाल ओलम्पिक कमिटीको आयोजनामा हकी खेल खेलका खेलाडीलाई अवार्ड प्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

पहिले नेपालमा हक्की निकै नै लोकप्रिय रहेको उल्लेख गर्दै उनले तर समय चरणमा खेल विकासको वातावरण पनि फरक हुँदै जाँदा हक्की खेल पछि पर्दै गएको बताए। सरकारले देशको गौरव बढाउने खालका खेलहरु चिनेर स्पष्ट नीति बनाउन नसकेको भन्दै श्रेष्ठले सबै खेलहरु एकै ढंगबाट अगाडि बढिरहेको अवस्था नेपालमा रहेको बताए।

‘हामी भन्दै आइरहेका छौँ कि खेलको प्राथमिकीकरण गर्न आवश्यक छ। खेलको वर्गीकरण गरेर लगानी र वर्ग छुट्याउनुपर्छ। तर यो कुराहरु अझै हुन सकेको छैन। म आफैं सहसचिव भएको बेला भिजन ट्वान्टी ट्वान्टी भन्ने योजना अघि सारेको थिएँ, जसमा खेललाई ५ समूहमा वर्गीकरण गरेर त्यसअनुसार लगानी गर्नुपर्छ भन्ने हाम्रो योजना थियो। तर त्यो कार्यक्रम कार्यान्वयनले निरन्तरताा पाएन’ उनले भने।

सिमित स्रोत र साधन एवं अर्थतन्त्र सानो भएकाले अरु देशमा जस्तो खेलाडी र खेलको अवस्था नभए पनि यस क्षेत्रमा लगानी बढाएर खेलाडीको हौसला बढाउने साथै खेलबाट नेपालीको गौरव बढाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

खेल क्षेत्रको विकासका लागि खेलकर्मीसहित सबै पक्षले दत्तचित्त भएर लाग्नु पर्ने उल्लेख गर्दै श्रेष्ठले हक्कीको क्षेत्रमा तन, मन र वचन लगाएर अघि बढ्न सकने राम्रो प्रगति हुने बताए।

Skip This
Skip This
Logo