यू-१९ एशिया कप: फाइनलमा आज युएई र बंगलादेशको भिड्न्त

यू-१९ एशिया कप: फाइनलमा आज युएई र बंगलादेशको भिड्न्त

केन्द्रबिन्दु
0
Shares

जारी एसीसी यू-१९ एशिया कपको फाइनलमा आज आयोजक युएई र बंगलादेशबीच भिड्न्त हुँदैछ। यो खेल दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ। 

शुक्रबार भएको सेमिफाइनलका खेलमा युएईले पाकिस्तानलाई र बंगालदेशले भारतलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्। आयोजक समेत रहेको युएईले पाकिस्तानलाई ११ रनले पराजित गरेको थियो भने अर्को सेमिफाइनलमा बंगलादेशले भारतलाई ४ विकेटले परजित गरेको थियो। 

सेमिफाइनलमा यस प्रतियोगिताको उपाधिका दाबेदार भारत र पाकिस्तानलाई युएई र बंगलादेशले सरप्राइज दिँदै बाहिरको बाटो देखाएका थिए। ८ देशले भाग लिएको यू-१९ एशिया कपमा समूह ए मा पाकिस्तान र भारतका अलावा नेपाल र अफगानिस्तान रहेका थिए। अफगानिस्तानले आफ्ना ३ खेलमा एक जित हासिल गरेर समुहमा तेस्रो हुँदै बाहिरिएको थियो भने नेपालले आफ्ना तिनै खेलमा हार बेहोरेर बाहिरिएको थियो।

त्यस्तै समूह बि मा बंगलादेश र युएईका अलावा श्रीलंका र जापान रहेका थिए। श्रीलंकाले ३ मध्ये एक खेलमा मात्र जित हासिल गरेर तेस्रो हुदै बाहिरिएको थियो भने जापानले आफ्ना तिनै खेलमा हार बेहोरेको थियो।

Logo