प्याब्सन मध्य क्षेत्रीय बास्केटबल शुक्रबारदेखि

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल शुक्रबारदेखि

केन्द्रबिन्दु
0
Shares

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौँको आयोजनामा १२ औँ प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

प्रतियोगितामा समितिमा आवद्ध विभिन्न १८ विद्यालयका ५० टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले जानकारी दिए।  सिनियर ब्वाइज र गल्र्समा समान १६–१६ तथा जुनियर ब्वाइजमा १८ गरी जम्मा ५० टिमले भाग लिने उनले बताए।

सहभागी टिमहरुमा चैतण्य, स्पाङगल, इनोभेटिभ, सूर्योदय, स्वाप्न वाटिका, श्रृजनशील, लिटिल फ्लावर, लिभरपुल, एसियन पब्लिक, हेम्स, सनसाइन, अल्बर्ट, काठमाडौं इङलिस स्कुल, काठमाडौँ जेभियर्स पब्लिक, भद्रघले, अक्षर एकेडेमी, एआईए र डेनेब फ्लोरिडा रहेका छन्। खेल लिग कम नकआउट आधारमा खेलाइने छ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने समितिका वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक धनप्रसाद सुब्बाले जानकारी दिए। प्रतियोगिताका खेलहरुमध्ये बानेश्वरस्थित काठमाडौँ जेभियर्स र शंखमूलस्थित एआईएको कोर्टमा खेलाइने छ। काठमाडौँ जेभियर्समा समूह चरणका खेलहरु मात्र खेलाइने छ।

Skip This
Skip This
Logo